चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

चन्द्र भण्डारीको स्वास्थ्य अवस्था कस्तो छ ?

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको छ । स्वास्थ्यमा सुधार आएपछि सोमबार परीक्षणका रूपमा भण्डारीको भेन्टिलेटर हटाइएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

भण्डारीको सबै ‘स्वास्थ्य पारामिटर’ नर्मल रहेको, ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएको छ । गत फागुन ३ गते राति बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउन प्रयोग हुने ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र आमा गम्भीर घाइते भएका थिए ।

आमा हरिकला भण्डारीको उपचारको क्रममा कीर्तिपुरस्थित अस्पतालमा गत फागुन ४ गते मृत्यु भएको थियो । सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पुराइएको थियो । हाल सोही सेन्टरमा भण्डारीको उपचार भइरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);