काठमाडौं । नवलपुर सर्लाहिका मिटर ब्याजी पिडितहरुले धर्ना शुरु गरेका छन् ।
मिटर ब्याजबाट पिडितहरुले आइतबारबाट नवलपुर सर्लाहिमा धर्ना शुरु गरेका हुन् ।
पिडितहरुले वारेन्टेड मिटर ब्याजी रामबाबु रायलाई पक्राउ गर्न प्रशासन सँग माग गरेका छन् ।
उनीहरुले गरिब मारा मिटरब्याजी साहुकारहरु मुर्दावाद, पिडितहरुलाई न्याय दे, हाम्रो जमिन फिर्ता गर, रिन चुक्ता गरिसकेको कपाली तमसुक फट्टा गर लगायतका नारा लेखेका प्ले कार्डहरु बोकेका थिए ।
पिडितहरुको धर्ना कार्यक्रममा हरिवन नगरपालिका प्रमुख कमल बुढाथोकीले समेत एक्यबध्दता जनाएका थिए ।