इजरायलद्धारा सिरियामा हवाई आक्रमण, १५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

इजरायलद्धारा सिरियामा हवाई आक्रमण, १५ जनाको मृत्यु

दमास्कस । इजरायलले आइतबार बिहानै सिरियाको राजधानी दमास्कसमा हवाई आक्रमण गरेको छ । हवाई आक्रमणले आवासीय क्षेत्रलाई निशाना बनाएको थियो ।

सिरियाको सरकारी मिडिया एजेन्सी सानाले दमास्कस प्रहरी कमाण्डको स्रोतलाई उद्धृत गर्दै आक्रमणमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको बताएको छ।

राजधानी दमास्कसमा स्थानीय समय अनुसार १२ बजेर ३० मिनेटतिर ठूलो विस्फोटको आवाज सुनिएको थियो र मिडिया एजेन्सी सानाले सिरियाली वायुसेनाले पनि दमस्कस वरपर आक्रमणको जवाफ दिइरहेको बताएको छ। अर्कोतर्फ, इजरायलबाट आक्रमणको बारेमा तत्काल कुनै बयान आएको छैन। इजरायलले प्रायः दमास्कस वरपरका क्षेत्रहरूलाई निशाना बनाउँछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);