चीनले तातोपानी नाका बन्द गरेको सात वर्ष पुग्दै, सुरक्षाको कारण देखाउँदै अझै खुलाउन आनाकानी | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

चीनले तातोपानी नाका बन्द गरेको सात वर्ष पुग्दै, सुरक्षाको कारण देखाउँदै अझै खुलाउन आनाकानी

tatopani-naka

काठमाडौं, ५ फागुन । चीनले नेपालको उत्तरतर्फको तातोपानी नाका अझै एकतर्फी बन्द गरेको छ । सात वर्षयताको यो क्रम चल्दा उसले कहिले भूकम्प त कहिले कोरोना भाइरस भन्दै पछिल्लो समय सुरक्षाको कुरा उठाइरहेको छ ।

अहिले पनि तातोपानी नाकामा उसले चाहे बमोजिमको नेपालतर्फ निर्यात गर्छ तर आयात रोक लगाएको छ । २०७२ सालको भूकम्पपछि चीनले तातोपानी नाका बन्द गरेको हो । नेपालले खुलाउन पटक पटक पहल गरेपनि कोभिड १९ को विषय उठाएर बन्द गर्दै आएको छ । तर, उसले आफ्नो सामान मात्र चाहे बमोजिम नेपाल पठाउँछ ।

तीन वर्षपछि नेपालको सिन्धुपाल्चोकस्थित चीनसँगको सीमाको तातोपानी मितेरी पुलमा भौतिक रुपमा बैठक बसेको छ । गुरुवारको बैठकमा नेपालले नाका दुईतर्फी नै खुलाउने प्रस्ताव राखेको हो ।

बैठकमा सहभागी सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउने बारे आफूहरुले विषय उठाएको बताए । तर, कहिले खुल्ने भन्नेबारे चिनियाँ पक्षले स्पष्ट नपारेको जानकारी दिए ।

तातोपानीबाट निर्यात खुलाउन चीनतर्फको खासा बजारमा निकासी घर निर्माणाधीन रहेको बुझिएको छ । त्यो निर्माण भएपछि दुईतर्फी आयात निर्यात नै सञ्चालन हुने बताइएको छ । तर, विभिन्न बहानामा चीनले नेपालबाट निर्यात रोक लगाउँदै आएको छ ।

नेपाल र चीनको गुरुबार भएको सीमासम्बन्धी बैठकमा चीनका तर्फबाट यियाङ जुङ र सुरक्षा निकायका पदाधिकारी सहभागी भएका थिए । नेपालका तर्फबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसहित सुरक्षा अधिकारी सहभागी थिए ।

तातोपानी नाका नेपाल र चीनबीच व्यापारको मुख्य नाकाका रुपमा प्रयोग भएको थियो । तर, नेपालमा सन् २०७२ को भूकम्पपछि चीनले यो नाका बन्द गर्यो । सन् २०६७ मा चीनले एकतर्फी नाका खोल्यो । तर, कोभिड १९ पछि नाका फेरि बन्द गर्यो । अहिले उसले एकतर्फी नाका खुलाउँद्यै आएको छ । तातोपानी नाका बन्द गरेपछि चीनसँग नेपालको मुख्य व्यापार रसुवा नाकाबाट हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);