लघुवित्तबाट कसैलाई समस्या नहुनेगरी योजना बनाइरहेका छौं : अध्यक्ष थापा | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

लघुवित्तबाट कसैलाई समस्या नहुनेगरी योजना बनाइरहेका छौं : अध्यक्ष थापा

कृषक, दुग्ध, खाद्यबाली, बाख्रा समुह बनाएर विभिन्न समुह बनाएर तालिम सुरु गरेका छौं ।

काठमाडौं, ४ फागुन । तनहुँको पुरानो सदरमुकाम बन्दिपुरले विस्तारै विकासको फड्को मार्दैछ । नेवार संस्कृतिमा लिपिएको बन्दिपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । पर्यटकलाई आकर्षण गर्न सक्ने नेपालका स्थानमध्ये बन्दिपुर पनि एक हो ।

कुनै समय स्थानीय जत्तिकै संख्यामा पर्यटक भेटिने बन्दिपुरमा कोरोना महामारी पछि भने पहिलेको तुलनामा पर्यटक नआएका बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनु हुन्छ । यतिबेला उल्लेख्य रुपमा विदेशी पर्यटक नआएपनि स्वदेशी पर्यटकले बजार भरिभराउ हुने गरेको छ ।

पर्यटनको प्रचुर सम्भावना भएको बन्दिपुरलाई अझै थप पर्यटक भित्राउने योजना बनाएको र उक्त योजना कार्यान्वयन गर्न सकेमा बन्दिपुर बासीको आर्थिक समृद्धि बढ्न सक्ने थापाले विश्वास दिलाउनु भयो । राजधानीमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष थापाले बन्दिपुरमा लघुवित्त सम्बन्धि समस्या सुरु भएको बताउनुभयो । लघुवित्तकै कारण कसैको पनि घरबारमा समस्या र कोही पनि तनावमा नपर्ने तरिकाले गाउँपालिकाले योजना बढाइरहेकोे उहाँको भनाइ थियो ।

करिब २६ वर्षसम्म शिक्षण पेशामा बिताउनु भएका थापाले सामुदायिक विद्यालयको स्तर बढाउनकै लागि तीन सदस्यीय निरिक्षण समिति गठन गरेको सुनाउनुभयो । उहाँले आफ्नो दायित्व पुरा नगर्ने शिक्षकलाई समितिले कारबाहीको सिफारिस गर्ने समेत चेतावनी दिनुभयो । बन्दिपुरे जनताको आर्थिक समृद्धि गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको उहाँको दाबी छ ।

जनप्रतिनिधिहरुलाई काम नगरेको आरोप लागिरहँदा आफू सोही स्थानमा पुग्दा कस्तो हुँदो रहेछ ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो,‘जति बाहिर बसेर विरोध गरिन्छ, भित्र काम गर्न त त्यत्ति सजिलो त हुँदैन, तैपनि सिलसिलेबार ढंगले बढियो भने काम अगाडी बढ्छ भन्ने मलाइ लाग्छ, त्यो मलाई आत्मविश्वास पनि छ ।’

पर्यटन र कृषिलाई जोड्ने, कृषिबाट जनतालाई स्वरोजगार बनाउने खालका सिपमुलक कार्यहरु अगाडी बढीरहेको बन्दिपुरमा विभिन्न समुहहरु गठन भएका छन् । थापाका अनुसार गाउँगाउँमा कृषक, दुग्ध, खाद्यबाली, बाख्रा समुह बनाएर तालिमहरु अगाडी बढाउने र बिउबिजन वितरण कार्य सुरु भइरहेको छ । उहाँले भन्नुभयो,‘चुनाव अघिकै एजेण्डा कार्यान्वयन गर्न धेरै तालिमका योजना पनि राखेका छौं भने कति त सम्पन्न पनि भइसकेका छन् । समुह पनि गठन भएका छन् उनीहरुलाई तालिम दिएर उत्साहित बनाएर स्वरोजगार बनाउने हाम्रो लक्ष्य छ । सोही योजनाअनुसार बन्दिपुर १ को नाला, बन्दिपुर ३ को सेराटार र सुखौरामा समुहहरु गठन गरेका छौं ।’

हाल बन्दीपुरमा चीनको ग्रेटवालको झल्को दिने मिनी ग्रेटवाल निर्माण हुँदैछ । मिनी ग्रेटवाल स्थानीय ढुंगा प्रयोग गरी बनाइएको थापाले सुनाउनुहुन्छ । तीन किलोमिटर लामो पर्खालसँगै पदमार्ग छ। बन्दीपुर गाउँपालिका–२ को थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पर्खाल र पदमार्ग मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिनेछ । निर्माणाधिन मिनी ग्रेटवालका लागि करिब १० करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
पर्याप्त बजेट नभएकाले हाललाई काम रोकिएको थापाले बताउनुभयो । अहिलेसम्म जति बनेको छ त्यसलाई फिनिसिङ गर्ने र बाँकी काम हुँदै जाने उहाँको भनाइ छ । ५ वर्षभित्र मिनि ग्रेटवाल तयार हुने अनुमान गरिएको छ ।

पहाडी संस्कृति, पहाडी दृश्य र पहाडी पैदल यात्राका लागि बन्दिपुर अत्यन्त उपयुक्त गन्तव्य स्थान मानिन्छ । बन्दिपुरमा घुम्नको लागि बसोबासको राम्रो व्यवस्था छ । टुँडिखेलमा सुविधासम्पन्न रिसोर्ट मात्र छैन, पुराना नेवारी घरहरूलाई पनि मध्यमस्तरको बसोबासका निम्ति उपयुक्त होटलका रूपमा विकसित गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);