यसपटक त राष्ट्रपतिको चुनावको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमै भुमिका खेलेः चित्रबहादुर केसी | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

यसपटक त राष्ट्रपतिको चुनावको लागि शक्ति राष्ट्रहरुले प्रत्यक्ष रुपमै भुमिका खेलेः चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्षित रुपले भुमिका खेलेपनि यसपटक भने प्रत्यक्ष रुपमा नै भुमिका खेलेको आरोप लगाउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले शक्ति राष्ट्रहरुले यस पटक प्रत्यक्ष रुपमा आफ्नो देशको स्वार्थअनुकुल राष्ट्रतिका लागि भुमिका खेलिरहेको बताउनु भयो ।

उहाँले यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताउनु भयो । सांसद केसीले नेपाली सरकार प्रमुखहरु विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेको दाबी गर्नुभयो ।

उहाँले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बतउनु भयो । उहाँले भुगोलको हिसावले राष्ट्र सानो, ठूलो भएपनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो नहुने बताउनु भयो ।

सांसद केसीले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);