उम्मेदवारको टुंगो लगाउन रास्वपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

उम्मेदवारको टुंगो लगाउन रास्वपाको बैठक बस्दै

काठमाडौं, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्नेछ ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ ।

यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए ।

तर नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्वित हुने फैसला गरेसँगै सो क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);