काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद डा.प्रकाशशरण महतले राष्ट्रपतिको सम्बोधन सरकारको नीति तथा कार्यक्रम जसरी आएको बताउनु भएको छ ।
संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै महतले यस्तो बताउनुभएको हो ।
उहाँले सम्बोधनमा सबैको इच्छापत्र जस्तो कुरा आएको टिप्पणी गर्नुभयो । सरकारको नीति कार्यक्रममा आउने विषय अहिले नै आएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘यो नीति कार्यक्रम जसरी आएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था त छ । त्यसमा केही फरक परेन । तर विषयवस्तुहरु समेटिएको छ । सबको इच्छापत्र जस्तो कुराहरु आएका छन् । सामान्यतया यस्ता विषयहरु नीति कार्यक्रम प्रश्तुत गर्दाखेरी आउँछ । यो अहिले नै आएको छ । त्यसमा धेरै अरु टिप्पणी गर्नुपर्ने कुराहरु छैन । हाम्रो सरकारको समस्या भनेकै कार्यान्वयनको समस्या हो । जतिसुकै विषयहरु उठान गरेपनि जति पटक दोहो¥याएपनि मुल कुरो कार्यान्वयनमा हामी कति गम्भिर छौँ ? सरकार कति गम्भिर छ ? कसरी कर्तव्यनिष्ठताका साथ काम गर्छ त्यसमा सबैकुरो निर्भर गर्छ ।’
उहाँले जतिसुकै विषय उठाएपनि सरकारले कत्तिको कार्यान्वयन गर्छ भन्ने कुरामा निर्भर रहने बताउनु भयो ।