झापामा किन केन्द्रित भए राजावादी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

झापामा किन केन्द्रित भए राजावादी

काठमाडौं, २७ माघ । यतिबेला राजावादीहरु झापामा केन्द्रित भइरहेका छन् । देशको पूर्वी भाग झापा राजनीतिक अति हुने जिल्लाका रुपमा पनि परिचित छ ।

झापाबाट निर्वाचित केपी शर्मा ओली नेकपा एमालेका अध्यक्ष छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा मात्र नभई सभामुख देवराज घिमिरे पनि झापाबाटै निर्वाचित सांसद हुन् । यसकारण पनि झापाको राजनीतिक महत्व बढेको छ ।

पछिल्लो समय दुर्गा प्रसाईंले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा अभियान नै चलाइरहेका छन् । यसले चर्चा पाइरहेको छ । उनको अभियानलाई पूर्वमन्त्री केशरबहादुर बिष्टले पनि साथ दिइरहेका छन् । बिष्टको झापा ओहोरदोहोर बाक्लिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको झापा ओहोरदोहोर पनि निकै बाक्लो हुँदै आएको छ । उनी पछिल्लो समय सबैभन्दा बढी झापा नै पुग्ने गरेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
झापामा राजावादीको बलियो पकड छ । अर्कोतर्फ, सामरिक दृष्टिले उक्त स्थान निकै महत्वपूर्ण छ । झापाबाट शक्ति सञ्चय गर्दै राजावादीले अभियानलाई अगाडि बढाउन खोजेको देखिन्छ । उनीहरुले आउँदो हप्ता शक्ति प्रदर्शनको तयारी पनि गरिरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);