प्रचण्डलाई भारतको 'रातो कार्पेट' | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

प्रचण्डलाई भारतको ‘रातो कार्पेट’

काठमाडौं, २७ माघ । पहिलोपटक प्रधानमन्त्री बन्दा प्रचण्ड प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलका नेता थिए । उनले त्यतिबेला प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतको गर्ने विगतको परम्पराभन्दा फरक चीनको भ्रमण गरे । त्यसले राजनीतिवृत्तमा तरंग नै ल्यायो ।

दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रचण्डले पहिलो विदेश भ्रमणका रुपमा भारतलाई नै रोजे । यतिसम्मकी उनले गोवामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङलाई एकसाथ भेटेर तरंग नै ल्याइदिए । त्यतिबेला तस्बिर सार्वजनिक गरी उनले दुई छिमेकलाई सन्तुलनमा राख्न सकेको सन्देश दिन खोजे ।

तेस्रोपटक प्रधानमन्त्री भएका छन् प्रचण्ड । उनले यसपटक पहिलो विदेश भ्रमणमा भारतलाई नै रोज्ने निश्चितप्रायः भएको छ । प्रचण्डलाई अनौपचारिक रुपमा भ्रमणको निम्तो आइसकेको छ । औपचारिक निम्तो दिन भारतका विदेश सचिव विनयमोहन क्वात्रा आउँदो हप्ता नेपाल आउने भएका छन् ।

विश्वस्त स्रोतका अनुसार प्रचण्डले फागुन महिनामै भारतको भ्रमण गर्ने तयारी भइरहेको छ । विगतको तुलनामा प्रचण्डको भारतसँगको सम्बन्धमा निकै सुधार आइसकेको सन्देश पनि गइरहेको छ ।-File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);