काठमाडौं, २७ माघ । श्रव्यदृश्य सामाग्री बाहिरिएसँगै त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित भएका छन् । थाई एयरलाइन्सका कर्मचारीसँग कुरो गरेको श्रव्यदृश्य सामाग्री बाहिरिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।
सो अडियोबारे छानबिन गर्नपनि मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ । ठाकुरले थाइ एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको बताइएको छ ।