नवनियुुक्त मुख्यमन्त्रीको शपथ आज,सानो आकारको मन्त्रिमण्डल विस्तार गरिने | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

नवनियुुक्त मुख्यमन्त्रीको शपथ आज,सानो आकारको मन्त्रिमण्डल विस्तार गरिने

काठमाडौं, २७ माघ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले आज शपथ लिदैंछन् । शाहले आज भव्य समारोहका बीच प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने भएका हुन्।

दिउँसो हुने शपथ कार्यक्रममा शाहले सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेसबाट एक र नेकपा (एकीकृत समाजवादी )बाट एक गरी दुुई मन्त्री नियुक्त गर्ने जनाईएको छ ।
नेकपा एमालेका राजेन्द्रसिंह रावलले विश्वासको मत प्राप्त गर्न नसकेपछि नेपाली कांग्रेसका शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । रावललाई माओवादी, एमालेसहित तीन दलको समर्थन थियो ।

सुदूरपश्चिम प्रदेशमा सरकार बनाउन निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले विश्वासको मत नदिदा रावल विश्वासको मत पाउन असफल भएका हुन् । रावलले विश्वासको मत प्राप्त गर्न नसकेसँगै नेपाली कांग्रेसले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);