बन्दिपुर गाउँपालिकाको टोलीले स्वास्थ्य मन्त्रीलाई बुझायो ९ बुंदे योजना | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

बन्दिपुर गाउँपालिकाको टोलीले स्वास्थ्य मन्त्रीलाई बुझायो ९ बुंदे योजना

काठमाडौं, २७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीसमक्ष बन्दिपुर गाउँपालिकाको टोलीले आफ्ना क्षेत्र विकासका विभिन्न योजनाहरु प्रस्तुत गरेको छ । राष्ट्रिय सभा सदस्य तथा नेकपा (एमाले) की नेता भगवती न्यौपानेको नेतृत्वमा गाउँपालिका अध्यक्ष सुरेन्द्र थापालगायतको टोलीले बिहीबार मन्त्रालय पुगेर ९ वुँदे योजना प्रस्तुत गरेका हुन् ।

बन्दिपुर हस्पिटललाई व्यवस्थित गर्नुपर्ने, १५ बेडको हस्पिटलका लागि बजेटको व्यवस्था गर्नु पर्ने, सडक बत्ति, ढुंगाको छपनी, बन्दिपुर–ढाँडखोला, बन्दिपुर–धरमपानी सडक कालोपत्रे, पार्कहरु निर्माण, डुम्रे भन्सार शहर विस्तारको कार्यक्रम अन्तर्गत साविक घाँसीकुवा १ (हालको बन्दिपुर १) लाई समेट्नुपर्ने लगायतका योजनाहरु अध्यक्ष थापाले मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।

बिहीबार नै गाउँपालिकाको टोलीले शहरी विकास मन्त्री विक्रम पाण्डे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेट गरी आफ्ना योजना प्रस्तुत गरेको छ । समग्र गाउँपालिकाको विकासको लागि आफूहरुले तयार पारेको योजनाबारे सबै मन्त्रीहरुले सकरात्मक लिनुभएको न्यौपानेले बताइन् । अध्यक्ष थापाले योजनामा आफू केन्द्रीत भई प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);