गैरसरकारी संस्थाको सहयोगमा कुम्पुर र गोगनपानीका डेढ सय घरधुरीले ३३ महिनापछि खानेपानी पाए | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

गैरसरकारी संस्थाको सहयोगमा कुम्पुर र गोगनपानीका डेढ सय घरधुरीले ३३ महिनापछि खानेपानी पाए

धादिङ, पुस १३ ।  ०७२ साल वैशाख १२ गतेको भूकम्पले कुम्पुरमा पानीको मुहान अप्रत्यासित रूपले बढेको थियो । तर, २९ गतेको भूकम्पले नयाँ तथा पुराना सबै मुहान एक्कासि सुकेपछि कुम्पुरमा पानीको हाहाकार मच्चियो । एक गाग्रो पानी लिन आधा घण्टाको बाटो हिँडेर राति ३ बजेदेखि लाम बस्नुपर्ने अवस्था आएको थियो ।

एउटा गैरसरकारी संस्थाले खानेपानी आयोजना निर्माण गरिदिएपछि कुम्पुरका एक सय १७ घरधुरी र महाकाली माध्यमिक विद्यालय लाभान्वित भएका हुन् । त्यस्तै, धादिङको थाक्रे गाउँपालिका–११ गोगनपानीका बासिन्दाले पनि अढाइ वर्षपछि खानेपानी पाएका छन् । खानेपानीको सुविधा पाएपछि गोगनपानीबासी धमाधम पुनर्निर्माणमा जुटेका छन् । कतिपयले व्यावसायिक तरकारीखेती पनि सुरु गरेका छन् ।

धादिङको सिद्धलेख–७, कुम्पुरको पिपलटार लिफ्ट अफ खानेपानी आयोजना २१ लाख र थाक्रे गाउँपालिका–११, गोगनपानीको कैदलफेदी खानेपानी आयोजना १० लाख ७६ हजार लागत र स्थानीयको श्रमदानमा बनेको हो । कुम्पुर र गोगनपानीमा खानेपानी उपलब्ध गराउन एक्सन नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);