उन्नति माइक्रोफाइनान्सले पुस २१ बाट सेयर जारी गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८१, शुक्रबार

उन्नति माइक्रोफाइनान्सले पुस २१ बाट सेयर जारी गर्ने

micro finance

काठमाडौं , १३ पुस । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले पुस २१ गतेबाट सेयर जारी गर्ने भएको छ । कम्पनीले १ लाख ६५ हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले छिटोमा पुस २५ गते र ढिलोमा माघ ५ गतेसम्म सेयर खुला गर्ने भएको छ । लगानीकर्ताले न्युनत्तम १० कित्ता र अधिकत्तम ८ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछ । यसमध्ये ५ प्रतिशत बराबर सेयर सामुहिक लगानी कोषको लागि छुटाइएको थियो भने बाँडफाँट समेत भएको छ ।

सेयर जारी गरेपछि चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । हाल कम्पनीको पूँजी १ करोड ६५ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ३८ रुपैयाँ रहेको छ । यही नेटवर्थ कायम रहेमा कम्पनीको पहिलो कारोबारमा नै सेयर मूल्य ४ सय ५ रुपैयाँसम्ममा गर्न सकिनेछ ।

कम्पनीले गत आव अन्त्यसम्ममा १ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);