मेरो मौनता आज सम्मका लागि मात्रै हो : रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

मेरो मौनता आज सम्मका लागि मात्रै हो : रवि लामिछाने

काठमाडौं, १९ माघ । पूर्व गृहमन्त्री रवि लामिछानेले आफू अभिमन्यु नभएको स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले आफ्नौ मौनता आजसम्मका लागि मात्र भएको समेत बताएका छन् ।
गृहमन्त्रीबाट राजीनामा दिएपछि नागरिकता पुनः प्राप्ति गरेका लामिछानेले फेरी गृहमन्त्रालय चाहियो भनेपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।

नेकपा एमालेले गृह मन्त्रालय उनकै नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान लिएको छ भने नेकपा माओवादीले केही समय सो मन्त्रालय आफैले सम्हाल्ने भनिरहेको छ । सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);