बाजुरामा क्षयरोगका विरामी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

बाजुरामा क्षयरोगका विरामी बढ्दै

मदन वि.क.,बाजुरा १० चैत्र ।
बाजुरा जिल्लामा पछिल्लो समयमा क्षयरोगका विरामीहरु बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले विहिबार पत्रकारहरु संगको अन्तरक्रियामा सो रोगका विरामीको बारेमा तथ्याकं सार्वजनिक गरेको छ ।

बाजुरामा क्षयरोगका विरामी बढ्दै

मदन वि.क.,बाजुरा १० चैत्र । बाजुरा जिल्लामा पछिल्लो समयमा क्षयरोगका विरामीहरु बढ्दै गएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराले विहिबार पत्रकारहरु संगको अन्तरक्रियामा सो रोगका विरामीको बारेमा तथ्याकं सार्वजनिक गरेको छ । आर्थीक वर्ष ०७३÷०७४ को पहिलो चौमासिकमामा मात्र ३१ जना क्षयरोगका विरामीहरु फेला परेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । बाजुरामा क्षयरोगका विरामीहरुका लागि कोल्टी स्वास्थ्य चौकी, टाँटे स्वास्थ्य चौकी कुल्देवमाण्डौ, तोली स्वास्थ्य चौकी र जिल्ला स्वास्थ्य कार्यालय मार्तडी गरी चार ठाँउमा क्षयरोग सम्वन्धि चेकजाँच गर्ने सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालयले विभिन्न ४ ठाँउमा क्षयरोग परिक्षण गरेर ३१ जना क्षयरोग का संक्रमित भेटिएको बताएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रुपचन्द्र विकले बताउनु भयो । उँहाका अनुसार यस जिल्लामा पछिल्लो समयमा ग्रामिण भेगमा वसोवास गर्नेहरुले अत्याधिक मात्रामा मदिरापान र धुम्रपान गर्ने गरेकाले क्षयरोगबाट ग्रसित हुने गरेका छन् । नेपाल सरकारले यस रोगको निर्मुलीकरण गर्न आफ्नो पहिलो प्राथमिकतामा राख्दै आईरहेको छ । तर क्षयरोगको संक्रमण भईसकेपनि कोही स्वास्थ्य सेवाको पहँुच भन्दा बाहिर छन् । कसैले विचमै क्षयरोगको औसधि सेवन गर्न छाड्नाले पनि क्षयरोगका विरामीहरु बढ्ने गरेको पाईएको छ । क्षयरोगकोे निशुल्क उपचार जिल्लाका २६ स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयमा गराउँदै आईरहेको जिल्ला स्वास्थ्य कार्याल्यका कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विस्वकर्माले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);