धूँवा फाल्ने २० सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

धूँवा फाल्ने २० सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौँको सुकेधारामा सोमबार गरिएको प्रदुषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारबाहीमा परेका छन् ।

मापदण्डभन्दा बढी धूँवा फाल्ने पिकअप भ्यान ६, भाडाका बस ५, माइक्रोबस ४, हात्ती गाडी ३, टाटासुमो १ र पर्यटक गाडी १ गरी २० ओटा सवारी साधन कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले आज सुकेधारामा ४६ ओटा सवारी साधनलाई चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने २० ओटा सवारी साधन कारवाहीमा परेका हुन् ।

सवारी साधन मर्मत पश्चात पुनः चेक गराइ तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);