सभामुखमा देवराज घिमिरे निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सभामुखमा देवराज घिमिरे निर्वाचित

काठमाडौं, ५ माघ । प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सत्तासाझेदार दलका साझा उम्मेदवार घिमिरेको पक्षमा १६७ मत परेको हो

उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, राप्रपा, रास्वपाका सांसदहरुले समर्थन गरेका हुन् । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले पनि घिमिरेलाई मत दिएका छन् ।

प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत प¥यो ।

प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए भए एक जना सांसद भने तटस्थ रहे ।

२७५ सदस्यीय प्रतिनिधिसभामा घिमिरेको पक्षमा १६७ मत प¥यो ।

घिमिरे दाङ–२ बाट गत मंसिरमा भएको निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

घिमिरेको उम्मेदवारीमाथि मतदान हुँदा उनले बहुमत पाएपछि ईश्वरी न्यौपानेको उम्मेदवारीमाथि छलफल नै हुन पाएन । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका थिए ।

Leave a Reply