गृहमन्त्रीले सर्वोच्चलाई दिए लिखित जवाफ | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८१, बिहीबार

गृहमन्त्रीले सर्वोच्चलाई दिए लिखित जवाफ

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि सभापति र प्रतिनिधिसभा सदस्य पद समेत रद्ध गर्ने रिट निवेदनविरुद्ध सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका हुन् ।

लामिछानेले आफुमाथि परेको रिट खारेज गर्न माग गर्दै आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दाबी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पनि सर्वोच्चमा लिखित जवाफ दिइएको छ । रास्वपाको लोकप्रियता बढ्दै गएको बेला पार्टिका अध्यक्षको नागरिकताको बिषय उठाई, पार्टिको लोकप्रियतालाई निवेदकहरुले विषयान्तर गर्न खोजेको रास्वपाको दाबी छ ।

विपक्षी निवेदकको निवेदन पत्र राजनैतिक उद्देश्यबाट प्रेरित रहेको भन्दै उक्त रिट खारेज गरी लामिछानेलाई न्याय दिलाउन रास्वपाले भनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);