गगनको गुनासो– पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने काममै केन्द्रित भए | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

गगनको गुनासो– पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने काममै केन्द्रित भए

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् ।

शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डप्रति औंल्याउँदै महामन्त्री थापाले मंसीर ४ गतेको निर्वाचनपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको जिकीर गरे ।

शनिबार काठमाडौंमा पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आफूले २÷४ दिन भएपनि मुलुकको नेतृत्व गर्नका लागि प्रधानमन्त्री बन्छु भनेर निर्वाचनको बेला भनेको स्मरण गराए । पूर्व प्रधानमन्त्रीहरुले सँधै आफ्नो नेतृत्व रहने गरी सदस्यता वितरण गरेकाले यसबाट मुक्ति पाउने विषयमा विचार गर्नुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने प्रस्ताव समेत राखे ।

Leave a Reply