काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुनु पहिला मोर्चा बनाउने सहमति भएको छ । दुईपार्टीबीच एकताका लागि भएको वार्तामा उक्त सहमति भएको हो ।
एकताका लागि समय धेरै लाग्ने भन्दै दुई पार्टीबीच छलफल गर्दै एउटै मोर्चा बनाएर अगाडी बढ्ने सहमति भएको हो ।
भोलि बस्ने बैठकमा दुवै पार्टीको घोषणापत्र, विधान, राजनीतिक प्रतिवेदनका एक एक विषयमा छलफल हुने जनाइएको छ । बैठकमा पार्टीका अन्य दस्तावेजहरु लिएर आउने निर्णय भएको छ ।