एक्सन दृश्य सुटिङका क्रममा घाइते भइन् नुसरत, अनुहार र हातमा टाँका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

एक्सन दृश्य सुटिङका क्रममा घाइते भइन् नुसरत, अनुहार र हातमा टाँका

एजेन्सी । बलिउड अभिनेत्री नुसरत भरुचाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको अनुहारमा टाँका लागेको देखिन्छ, वास्तवमा आगामी फिल्म ‘छोरी–२’ को सुटिङका क्रममा नुसरत एक एक्सन दृश्यको सुटिङका क्रममा घाइते भएकी हुन् । उनको अनुहार र हातमा चोट लागेकोले डाक्टरले अनुहार टाँका लगाएका छन् । यो पहिलो पटक नभएपनि नुसरत यसअघि पनि सुटिङका क्रममा घाइते भइसकेकी छिन् ।

नुसरतको चोटको जानकारी उनकी सह–अभिनेत्री इशिता राजले सामाजिक सञ्जालमा भिडियो शेयर गरेर दिएकी छिन् । भिडियोमा नुसरत क्लिनिकमा सुतेको देखिन्छ । उनको हात र अनुहारमा टाँका लागेको देखिन्छ । नुसरत आफैंले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा यो भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘यहाँ अलि बढी नै इन्स्टाग्राममा औपचारिकताका लागि नाटक।’ भिडियोमा फिल्मका निर्देशक विशाल फुरियाले नुसरतको तारिफ गर्दै लेखेका छन्– यो ठूलो साहसिक कार्यको लागि एउटा साहसी घाउ जसको कारण हामी सबैलाई माया गर्छौं ।’

नुसरतको फिल्म चोरी सन् २०२१ मा ओटीटीमा रिलिज भएको थियो । फिल्मले फ्यानबाट निकै राम्रो प्रतिक्रिया पाएको छ । फिल्मको सफलता देखेर निर्माताले २०२१ मा नै दोस्रो भागको घोषणा गरेका थिए । चोरी २ बाहेक नुसरत सेल्फी र अकेली नामक फिल्ममा पनि देखिनेछिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);