हल्का हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जल तथा मौसम विभागको अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य वर्षा हुनेछ ।
बांकी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । अहिले तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक वर्षा हुनेछ । मौसम विभागको अनुसुार अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, आज राति देशका पहाडी भू–भागमा हल्का वर्षा तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपात तथा तराईका केही भू–भागहरूमा बाक्लो हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);