काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीको सहभागीताबारे निर्णय गर्न २४ घण्टाको समय मागेको छ ।
सत्ता साझेदार दलहरुको शीर्ष नेताहरुको आइतबार बसेको बैठकले सबै प्रदेशका मुख्यमन्त्री, सभामुुख र उपसभामुख भागवण्डा गरेको थियो । गठबन्धनले नागरिक उन्मुक्तिलाई प्रदेशको उपसभामुख लिन प्रस्ताव गरेको थियो । नागरिक उन्मुक्ति निर्णायक शक्ति बनेपछि मुख्यमन्त्रीको दाबी गर्दै आइरहेको थियो । आज साझसम्म टुगोमा पुग्ने स्रोतले जनाएको छ ।
पार्टीले केन्द्र सरकारमा सहभागी हुने/नहुने कुनै पनि निर्णय गरेको छैन् । रेशम चौधरीसहित अन्य नेता कार्यकर्ताको रिहाइकालागि नागरिक उन्मुक्तिले लिखित प्रतिवद्धता खोजिरहेको छ ।