राहदानी विभागको बिग्रेको सर्भर बनाउन फ्रान्सेली टोली आउँदै | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

राहदानी विभागको बिग्रेको सर्भर बनाउन फ्रान्सेली टोली आउँदै

काठमाडौं । विद्युतिय राहदानीको सर्भरको समस्या समाधान गर्न फ्रान्सबाट प्राविधिक टोली नेपाल आउँदैछ । विद्युतिय राहदानीको सम्पुर्ण जिम्मा पाएको आईडीमिया टोली सोमबारसम्म नेपाल आइपुग्ने जनाइएको छ ।
गत २०७८ मंसिरबाट उक्त टोलीले राहदानीको सम्पुर्ण प्राविधिक जिम्मेवारी पाएको हो ।

राहदानी सर्भरमा स्टोरेजमा समस्या देखिएको विभागले जनाएको छ । सरकारले विभागमा राति देखि बस्नुपर्ने लाइन हटाउन निर्देशन दिएपछि विभागले सर्भरमा समस्या देखिएको भन्दै राहदानी वितरण रोकेको थियो ।

विभागले एक सूुचना जारी गर्दै सर्भरमा समस्या आएको र समाधानका लागि काम भइरहेको जानकारी दिएको थियो । सर्भर बन्न केही दिन लाग्ने भन्दै आवेदन दिएका आवेदकलाई मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन अनुरोध गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);