काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरु एकआपसमा गाभिने क्रम पछिल्लो समय बढ्दै गइरहेको छ । हालसम्म दर्जनभन्दा बढी वित्तिय संस्थाहरु मर्ज भइसकेका छन् ।
आइतबारदेखि कुमारी बैंक लिमिटेडको नामबाट कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिएर एकीकृत कारोबार सञ्चालनमा आएको छ । ग्लोबल आइएमई र बैंक अफ काठमाडौंको एकीकृत कारोबार आगामी सोमबारदेखि हुने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदैछ ।
त्यस्तै, प्रभु बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार मंगलबारदेखि हुँदैछ ।
नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपाल मर्ज भएर बुधबारदेखि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुँदैछ ।
कुनै बेला ३२ सम्म पुगेको वाणिज्य बैंक २७ हुँदै अब २१ वटा बैंकमा सिमित हुने भएको छ ।
नबिल बैंक र नेपाल बंगलादेश बैंक मर्ज भई गत असार २८ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए ।