काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई निवासमा डाकेका छन् ।
सभापति देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन् ।
देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई समेत बैठकमा बोलाएका छन् । बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङपनि सहभागि रहेका छन् ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । बैठक अहिले धुम्बाराहिमा जारी छ ।