समस्या समाधान भन्दा सस्तो लोकप्रियताको लागि भ्रमको खेती ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

समस्या समाधान भन्दा सस्तो लोकप्रियताको लागि भ्रमको खेती ( भिडियो रिपोर्ट )

सन्दीप रिजाल \ माउण्टेन टेलिभिजन एचडी ।

काठमाडौँ पौष १९। काठमाडौंको वर्षौ देखिको समस्या हो, अव्यवस्थित पार्किङ । गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । पार्किङको समस्या समाधान गर्न भन्दै महानगरले खुल्लामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना सारेसँगै विरोध सुरु भएको छ। भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निर्णयको बिरुद्धमा बिरोध गरेका छन् । अभियन्ताहरुले टुँडिखेल अर्थात खुलामञ्चको ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने भन्दै महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् । अक्युपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारी महानगरपालिकामा आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोप लगाउनु भयो । अधिकारीले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भएपनि मालिक नभएको बताउनुहुन्छ।

यता पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताउनु हुन्छ । उहाँले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनैपनि संरचना बनाउन दिनु नहुने भन्दै पार्किङ चाहिएको भए भृकुटीमण्डपमा बनाउन सुझाव दिनुभयो ।

स्थानियसंगै अभियन्ताहरुले पार्किङको विरोध गरेपछि महानगरपालिकाले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएको छ। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

विज्ञहरुले पनि सांस्कृतिक, राजनीतिक र प्राविधिक रुपले पनि खुलामञ्चमा पार्किङ बनाउन उपयुक्त नहुने भन्दै महानगरलाई विकल्प खोज्न सुझाव दिइरहेक छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);