बर्दिया । बाँसगढी नगरपालिका २ बेतहनी बस्ने ४९ बर्षीय दुर्गा बहादुर बिकलाई उनकै घरबाट १ नाल भरुवा बन्दुक र जनावर मार्न प्रयोग हुने जाल २ थान सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मोतीपुर, बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर पोष्टबाट नेपाली सेना र सहायक वन अधिकृत सहितको संयुक्त टोलीले उनलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।