काठमाडौं । सत्ता साझेदार दलहरुसँग मन्त्रालय भागवण्डामा नेकपा (एमाले)ले राष्ट्रपति लिने सहमति भएको छ ।
चार पटकसम्म सभामुख भएका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा दाबी प्रस्तुत गरेका छन् । नेम्वाङले अब सभामुख भने नबन्ने पनि स्पष्ट पारेका छन् ।
माओवादी केन्द्रले प्रधानमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री र एमालेले राष्ट्रपति र सभामुख समेत पाउने सहमति भएको छ ।
एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख भने आधा आधा कार्याकाल खाने सहमति भएको छ ।