प्रधानमन्त्री पोखरा जाँदै,अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८०, शनिबार

प्रधानमन्त्री पोखरा जाँदै,अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटकीय शहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको आज बिहान ११ बजे उद्घाटन हुदैछ ।

नयाँ वर्षको अवसरमा उक्त अन्तर्राष्ट्रिय विमानस्थललाई विधिवत रुपमा सञ्चालनमा ल्याउन लागिएको हो ।

विमानस्थलको उद्घाटन भव्य समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । प्रचण्ड उद्घाटनका लागि पोखरा जादैछन् ।

उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका नेता तथा उद्योगी र पर्यटन व्यवसायीलगायतको उपस्थिति हुनेछ ।

Leave a Reply