अर्थतन्त्रलाई सही ठाँउमा ल्याउन सावधानीपूर्वक कदम चाल्नुपर्छः अर्थमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

अर्थतन्त्रलाई सही ठाँउमा ल्याउन सावधानीपूर्वक कदम चाल्नुपर्छः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई सही ठाँउमा ल्याउन सावधानीपूर्वक कदम चाल्नुपर्ने बताउनुभएको छ ।

बुधवार अर्थ मन्त्रालयमा आर्थिक पत्रकार संघसँगको अन्तरक्रियामा मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताउनुभएको हो । अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्नु रहेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इट्टा थप्दै जानुपर्ने आवश्यता रहेको बताउनु भयो ।

पटकपटक अर्थमन्त्री बन्नुभएका पौडेलले अर्थतन्त्रलाई सबल बनाउन सबैपक्षले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);