जाडो बढेसंगै ‘ब्रेन ह्यामरेज’का घटना बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

जाडो बढेसंगै ‘ब्रेन ह्यामरेज’का घटना बढ्दो

काठमाडौं ।  जाडोयाम सुरु भएसंगै मस्तिष्क रक्तश्राव (ब्रेन ह्यामरेज) को बिरामी बढ्दै गएका छन् ।  यो समयमा अरु बेलाको भन्दा बढी रक्तश्रावका बिरामी अस्पताल जाने गरेको चिकित्सकहरु बताउछन् ।

धेरैजसो मस्तिष्क रक्तश्रावका घटना शौचालयमा हुने गरेको छ । दिसापिसाब गर्दा मान्छेले धेरै बल गर्ने भएकाले त्यसको चाप मस्तिष्कको नसामा पर्न गइ थेग्न नसक्दा नसा फुटेर रक्तश्राव हुन्छ ।

४० वर्ष माथिका उच्च रक्तचाप वा मुटुको समस्या भएका, मदिरा पिउने व्यक्तिहरुमा यस रोगको प्रकोप ज्यादा देखिन्छ ।  मस्तिष्क लचकदार एंव खुम्चन सक्ने प्रकृतिको हुने हुँदा यो दहीजस्तो जमेको अवस्थामा हुन्छ ।

मस्तिष्कमा रक्तश्राव हुँदा मस्तिष्कलाई खुम्चिन र फैलन दिदैन । जतिधेरै रक्तश्राव हुन्छ, उति नै जोखिम बढि हुन्छ र रोगीको मृत्यु हुने गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);