जनताको भावना अनुसारको मन्त्रिपरिषद भनेको छः प्रधानमन्त्री दाहाल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

जनताको भावना अनुसारको मन्त्रिपरिषद भनेको छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको मतपरिणाम अनुसारको मन्त्रिपरिषद बनाएको दाबी गरेका छन् ।

आज बालुवाटारमा बसेको पहिलो मन्त्रिपरिषद बैठक पछि सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री दाहालले नयाँ सरकार प्रति जनतामा आशा र भरोशा बढेको दाबी गरेका हुन् । ‘देशका अगाडी थुप्रै जटिलताहरु छन् । तर, निर्वाचनमा जनताको भावना जसरी देखिएको छ । त्यसलाई यो मन्त्रीपरिषदले समेटेको छ,’ उनले भने ।

साथै, उनले आजको बैठकमा गम्भिर अवस्थामा रहेको नेपालको अर्थतन्त्रलाई सुधार्ने विषयमा समेत छलफल भएको बताए । यसैगरि, पासपोर्ट र लाइसेन्स बनाउँदा सेवाग्राहीहरु लामो लाइन बस्नुपर्ने अवस्थालाई हटाउन पहल गर्ने बताए । ‘जनताका समस्याहरुलाई सम्बोधन गर्न केन्द्रित हुने संकल्प गरेका छौं,’उनले भने ।

केहि नयाँ गरेरै देखाउने हुटहुटी भएकाहरुको सरकार भएका कारण काम गर्न आफुलाई सहज हुनेमा विश्वास समेत व्यक्त गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);