सभापतिले नयाँ सरकारबारे छलफल नगर्दा अपमानित भए : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ६ २०८१, मंगलबार

सभापतिले नयाँ सरकारबारे छलफल नगर्दा अपमानित भए : गगन थापा

gagan thapa

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपमानित भएर पोखरा पुगेको बताएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले नयाँ सरकारको गठन बारे पार्टीभित्र छलफल नगर्दा आफु अपमानित भएको बताएका हुन् ।

पोखरामा जारी नेपाल साहित्य सम्मेलनमा बोल्दै थापाले भने,‘म निर्वाचित महामन्त्री र सांसद पनि हुुँ ।  सभापतिले पार्टीभत्र छलफल गरेर गठबन्धनमा जवाफ दिन्छु भनेपनि फोन कुरेर बसे तर उहाँको फोन आएन अनि पोखरा आए ।’ महामन्त्री थापाले कांग्रेस ९९ मा पुगेर तल झरेको टिप्पणी गरे ।

पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसद गरी १ सय ६९ जनाको समर्थनमा देशको ४४औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

उनलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले साझ ४ बजे शपथ खुवाउने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);