आज गण्डकीसहित यी स्थानमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आज गण्डकीसहित यी स्थानमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा हुने जल तथा मौसम विभागले जनाएको छ । बाँकी भू–भागमा भने मौसम आंशिक बदली देखि मौसम सफा रहने छ ।

त्यस्तै आज दिउँसो मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्य वर्षा हुनेछ भने बाँकी भू–भागमा हल्का वर्षादेखि मौसम सामान्यतया सफा रहनेछ। यसैगरी, आज हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति देशका पहाडी भू–भागमा हल्का वर्षा हुने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहन्छ । आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);