काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् ।
‘यही गठबन्धनको सरकार बन्छ,’ प्रचण्डले भने । अबको भावी प्रधानमन्त्री को बन्छ त ? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर दिए, ‘हामी सल्लाह गर्दै छौं ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा घर्किन लागिरहेको बेला प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।आउँदो आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दाबी गर्न समय दिइएको छ ।