सुनकोशी–३ जलविद्युतआयोजना जबरजस्तीअघि बढाईए प्रतिरोध गर्ने अभियानको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

सुनकोशी–३ जलविद्युतआयोजना जबरजस्तीअघि बढाईए प्रतिरोध गर्ने अभियानको चेतावनी

काठमाडौं, ६ पुष । राष्ट्रिय सीमान्तिकरणविरुद्ध अभियानले सुनकोशी–३ जलविद्युतआयोजना (६८३ मे.वा) को वातावरणीय मुल्याकंन (ईआईए) प्रतिवेदन स्विकृत गरिएको र सोअनुसार आयोजनानिर्माण प्रक्रिया अगाडि बढाएको विषयप्रतिगम्भीर ध्यानाकार्षण जनाएको छ।

बुधबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै अभियानले सुनकोशी–३ जलविद्युतआयोजनासम्बन्धी सरकारको निर्णयले नेपालका ऐतिहासिक राज्यविहिन राष्ट्रहरुमाथि राज्यऔपनिवेशिकताकायमै रहेको पुष्टि हुने टिप्पणी गरेको छ। साथै, राज्यआफैं पक्षभइ गरेकाविभिन्नअन्तर्राष्ट्रिय सन्धि÷सम्झौताहरु उलङ्घन भएको ठहरिने पनिअभियानले उल्लेख गरेको छ।

उक्तअयोजनाकाकारणप्रत्यक्ष रुपमा नै ३६०० घरधुरी विस्थापितहुने साथै सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाकापाँच–पाँचगाउँपालिका, रामेछाप जिल्लाको दुई गाँउपालिका र सिन्धुलीजिल्लाको एक गाँउपालिकाप्रत्यक्ष रुपमाप्रभावितहुने पनिअभियानले उल्लेख गरेको छ । विज्ञप्तीमा थपभनिएको छ,‘विगतमा राज्यद्वारा हँुदै आएको एकतर्फी एवम्षड्यन्त्रपूर्ण हस्तक्षेपलाई नियन्त्रण गर्नको लागिजारी गरिएकोग्ल्म्च्क्ष्ए ले प्रत्याभुतगरिएका स्वतन्त्रअग्रिमजानकारी सहितको मन्जुरी(ँएक्ष्ऋ)तथाग्ल्भ्क्ऋइ द्वाराजारी सांस्कृतिकप्रभावमुल्याङ्कन (ऋक्ष्ब् ) नगर्नुले उक्त योजनाविशेषतःप्रभावितजनतातथा समग्रमा सम्पूर्ण सचेत जनताहरुले अस्वीकृत गर्ने अधिकार राख्दछ । तसर्थ यो योजनाप्रतिहाम्रो सशक्तविरोध रहेकोले सरोकारवाला सबैमा यसै विज्ञप्ती मार्फत सचेत गराउन चाहन्छौं । हाम्रो विरोधकाबावजुदबलजफ्तीआयोजना अगाडि बढाउने कामभएमात्यसको सशक्तप्रतिरोध गर्न बाध्यहुनेछांै र त्यसबाट आउने जुनसुकै परीणामको नेपाल सरकार जवाफदेहीहुनेछ ।’

अभियानको तर्फबाट जारी विज्ञप्तीमा समान–नेपालका संयोजक सि.एन. थारु, माझी राष्ट्रिय परिषद्का संयोजकजीवनमाझी, डोने राष्ट्रिय परिषद्का संयोजक राजन डोने, बाग्मतीप्रदेश माझी राष्ट्रिय मुक्तिकामहासचिव हरिबहादुर माझी, मझेसवासिन्धुपाल्चोकका संयोजक पूर्णबहादुर माझीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा डोने राष्ट्रिय परिषद्का संयोजक राजन डोनेले आफूहरुलाई विस्थापितगर्ने कार्य कुनैपनिहालतमा स्विकार्य नभएको बताए । उनले आफ्नो समूदायलाइृ विस्थापितगर्ने राज्यको उद्देश्य सफलहुननदिने प्रतिबद्धता जनाए । उनले आफ्नो समूदायले अबप्रतिकार आन्दोलनथाल्ने पनि चेतावनीदिए । उनले राज्यले आफूहरुलाई विश्वासमालिन सक्नुपर्नेमाजोड दिएका छन् ।

त्यस्तै, मझेसवासिन्धुपाल्चोकका संयोजक पूर्णबहादुर माझीले राज्यले उक्तआयोजनाबारे लिएको निर्णय गलत रहेको सुनाए । उनले राज्यले आफूहरुमाथिनिरन्तर दमन गरेको कारण आफ्नो आवाज उठाउन बाध्यभएको बताए । यस्तै, सामाजिकअभियन्तानविनपुन मगरले आफूहरुले खोजेको विकास भनेको ध्वंस गरेर गर्नुमात्रै नभएको भन्दै प्रकृति र मानवमैत्रीबनाउनुपर्नेमाजोड दिए । उनले विकासको नाममाप्रकृतिको विनास स्विकार्य नभएको बताए ।

अभियानको लागि समर्थन गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीकाकाभ्रेकाजिल्ला सदस्यहोमबहादुर माझीले जलाशयसम्बन्धीआदिवासीतथासिमान्तिकरण जातिलाई राज्यले हेपेको र आयोजना सुरु गर्नलागेकोमाविरोध जनाए । माझी राष्ट्रिय परिषद्का संयोजकजीवनमाझीले उक्तआयोजनाकाकारण आफूहरुको ऐतिहासिक पेशापनिखोसिनलागेको आरोप लगाए । उनले आफूहरु राज्यको कारण पेशाविहीनबनेको दुःखेसो पोखे ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);