यी हुन् विश्वका ५० उत्कृष्ट अभिनेता | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

यी हुन् विश्वका ५० उत्कृष्ट अभिनेता

एजेन्सी ।  विश्वभरका अभिनेताहरुमध्यबाट ५० जना महान् अभिनेताको नामसहितको सूची सार्वजनिक भएको छ । अन्तराष्ट्रिय फिल्म क्षेत्रको प्रतिष्ठित म्यागजनि ‘अम्पायर’ ले फेब्रुअरी संकरणको लागि सूची तयार पारेको हो ।
‘संसारको सबैभन्दा ठूला अभिनेताहरुमध्य एक बन्नु भनेको एकैचोटी धेरै चिजहरुमा सक्षम हुनु हो । एक बन्नको लागि तपाई अभिनय गर्न सक्षम हुनुपर्दछ’ म्यागजिनले आफ्नो संकरणमा उल्लेख गरेको छ ।

सूचीको पहिलो नम्बरमा अमेरिकी अभिनेता डेन्जल वासिङ्टन रहेका छन् । जसले दुईपटक विश्वचर्चित अस्कर अर्वाड पाइसकेका छन् । दोश्रो नम्बरमा अर्का अमेरिकी अभिनेता टम ह्यांक्स, तेस्रोमा मार्लिन मुनरो, चौथोमा रोबर्ट डी निरो, पाँचौमा बेट्टे डेभिस रहेका छन् ।

छैठौँमा नाटाली पोर्टम्यान, सातौंमा जीन ह्याकम्यान, आठौंमा हेथ लेजर, नौँ मा क्याथरिन हेपबने रहेका छन् भने दशौंमा टम क्रुज रहेका छन् । एघारौंमा चर्चित अभिनेता लियोनार्दो डिकाप्रियो रहेका छन् भने बाह्रौंमा टिल्डा स्विन्टन, तेह्रौंमा स्यामुअल एल ज्याक्स, चौधौंमा तोशिरो मुफिने र पन्ध्रौंमा निकोलस केज छन् ।

साथै सोह्रमा हम्फ्रे बोगार्ट, सत्रांैमा भायोला डेभिस, अठारौंमा केट ब्ल्यान्चेट, उन्नाईसौंमा मार्लन ब्राण्डो, बिसौंमा एलेक गिनिजको नाम सूचीमा उल्लेख छ ।

एकाइसौमा माइकल केन परेका छन् भने बाइसौँमा मिशेल योह, तेइसौं टम हार्डी छन् भने चोबिसौं नम्बरमा ग्रेटा गार्बो र पच्चीसौंमा फिलिप सेमोर होफम्यान रहेका छन् । ‘अम्पायर’ को सार्वजनिक गरेको ५० अभिनेताको सूचीमा भारतिय अभिनेता शाहरुख खान समेत रहेका छन् । उनी सूचीको ३५औं नम्बरमा छन् ।

अन्य पच्चीस जनाको सूचीलाई क्रमशः यहाँ हेर्नसक्नुहुनेछः
ज्याक निकोल्सन, मेरिल स्ट्रिप, क्रिस्टिन बेल,मिशेल विलिम्यस,
एन्थोनी हप्किन्स, गेरी ओल्डम्यान, फ्लोरेन्स पग, सिड्नी पोइटियर, जुलियन मुर, शाहरुख खान, बस्टर किटन, चार्लिज थेरोन, लरेन्स ओलिभर,केट विन्सलेट, पेनोलोप क्रुज,अल पचिनो,फ्रान्सिस म्याकडरम्याण्ड, जोकिन फिनिक्स, इन्ग्रिड बर्गम्यान,मोर्गन फ्रिम्यान,
पल न्यूम्यान,ओलिभिया कोलम्यान,डेनियल–डे–लुईस,जेम्स स्टेवार्ट र पचासौं नम्बरमा निकोल किडम्यानको नाम सूचीमा उल्लेख गरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);