किन डरलाग्दोरुपमा बढ्दैछन् मानसिक रोगी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

किन डरलाग्दोरुपमा बढ्दैछन् मानसिक रोगी

एजेन्सी ।  संसारमा करोडौं मानिस कुनै न कुनै मानसिक रोगको शिकार भइरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार विश्वमा हरेक सात जनामा एक जना मानसिक रोगी छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसस अनुसार २१औं शताब्दीको सुरुवातदेखि नै विश्वका १०० करोडभन्दा धेरै मानसिक स्वास्थ्य समस्याले ग्रसित छन् ।

जसमा किशोरअवस्थाका रोगी १४ प्रतिशत छन् । बाल्यकालमा यौन दुव्र्यवहार, घरेलु हिंसा र अन्य डरधम्की तथा हिंसात्मक गतिविधिले गर्दा बालमनोविज्ञानमा नकारात्मक असर पर्न जाने गरेको बताएका छन् ।

विश्वभरबाट हेर्ने हो भने मानसिक रोगीको संख्या मध्ये ७१ प्रतिशत उपचारको पहुँच बाहिर छन् । त्यस्तै ७० प्रतिशत अधिकतम आय भएका र कम आय भएका देशमा १२ प्रतिशतले मात्र मानसिक रोगको उपचार पाउने गरेका छन् । सामान्य रोगीको तुलनामा मानसिक रुपमा अस्वस्थ मानिसको मृत्यु चाँडो हुने गरेको तथ्य बाहिर आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);