काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको निर्वाचन सकिएको छ । अबको केही समयमा मतगणना सुुरु हुनेछ ।
८९ जनाले मतदान गरेका छन् । ती मध्ये ८८ जनाले मतदान स्थलमै मतदान गरेका हुन् भने एक सांसद माया राईलाई मतदान गराउन अस्पतालमै प्रतिनिधिहरु पुगेका थिए । उनी सुुत्केरी भएकोले ओम अस्पतालमा छिन् ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपनि आधा घण्टा पछि सुरु भएको थियो ।
सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गरको छन् । कांग्रेसको दलको नेता हुन ५० प्रतिशत मत पाउनुपर्छ ।