काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका सांसदहरुलाई प्रशिक्षण दिने भएका हुुन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा ओलीले संसदीय भूमिकाबारे सांसदहरुलाई प्रशिक्षित गराउने स्रोतले जनाएको छ ।
एमालेले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ गरी कुल ७८ सिटमा जित हात पारेको छ । त्यस्तै प्रदेशमा ९१ र समानुपातिकतर्फ ७० सिटमा जित हासिल गरेको छ ।