काठमाडौं, ४ पुस । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धि कार्यविधि अगाडी बढाउन निर्देशन दिएको छ ।
नेपाल सरकारले दोस्रो संशोधन कार्यविधि २०७९ अनुसार सिमेन्ट, क्लिङ्कर लगायतका बस्तु निर्यात गर्दा अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र जारी गरेको हो ।
यसअघि नै कागजात पुर्याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था रहेकोमा अब भने १५ दिन मात्र लाग्ने भएको छ ।