काठमाडौं, ३ पुस । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्ला भएको छ ।
आयोगले दिउँसो १ बजे सातै प्रदेशका प्रमुखलाई हिजो अन्तिम नतिजा बुझाएको हो ।
प्रतिवेदन बुझाउनकै लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १ मा पुुगेका थिए ।
आयुक्त सगुनशमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बाग्मती प्रदेशमा प्रतिवेदन बुझाए । गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा प्रदेशसभा तर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५ सय ५० जना निर्वाचित भएका छन् ।




