ट्रम्पमाथि महाअभियोग लगाएको दिन आज | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

ट्रम्पमाथि महाअभियोग लगाएको दिन आज

काठमाडौं, ३ पुस । १८ डिसेम्बर, २०२२ । विश्व इतिहासमा सदा झै आज पनि सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता
सन् १९९७ मा दक्षिण कोरियाको राष्ट्रपतिमा किम डे–जुङ विजयी भएर इतिहास रचेका थिए । उनी राष्ट्रपति बन्ने पहिलो विपक्षी नेता हुन् ।

न्यु जर्सी तेस्रो राज्य
१७८७– न्यु जर्सी संयुक्त राज्य अमेरिकाको तेस्रो राज्य बनेको थियो । अमेरिकी संविधानलाई पारित गरेपछि न्यु जर्सी अमेरिकी राज्य बनेको थियो ।

ट्रम्पमाथि महाअभियोग
सन् २०१९– अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाएको थियो । पदको दुरुपयोग र संसद अवरोध गरेको आरोपमा उनीमाथि महाअभियोग लगाइएको थियो । अमेरिकी इतिहासमा हाउस अफ रिप्रिजेन्टेटिभबाट महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् ।

विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण
सन् १९५८–विश्वको पहिलो सञ्चार उपग्रह प्रक्षेपण भएको थियो । अमेरिकाको फ्लोरिडाको केप क्यानाभेरलबाट उपग्रह प्रक्षेपण भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);