लर्निङलाई अर्निङसँंगै जोडौं | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

लर्निङलाई अर्निङसँंगै जोडौं

काठमाडौं। लर्निङ (पढाइ) लाई अर्निङ (आम्दानी) सँंग जोडने शिक्षा दिनुपर्नेमा एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । पढाइपछि त्यो अनुसारको कमाई हुने गरी शिक्षा दिनुपर्नेमा उनीहरूको जोड थियो ।

नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले अध्ययन पुरा गरेका कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, इलेक्टिकल एण्ड इलेक्टिेनिक्स इन्जिनियरिङ तथा इलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंगको चार वर्षे अध्ययन पूरा गरेका विद्यार्थीको विदाईमा शनिबार गरेका कार्यक्रमका वक्ताहरूले यस्तो कुरामा ध्यान जानुपर्ने बताए ।

कलेजको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, इलेक्टिकल एण्ड इलेक्टिेनिक्स इन्जिनियरिङ तथा इलेक्टोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंग विभागको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा. अजयकुमार झाले विद्यार्थीको पढाईका साथसाथै उनीहरूको भविष्य पनि हेर्नुपर्नेमा जोड दिए । शीपयुक्त शिक्षा दिन सके इन्जिनियरहरु मात्रै नभई कोही पनि बेरोजगार भएर वस्न नपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले विद्यार्थीले फिल्डमा पुगेर धेरै सिक्न बाँंकी रहेको बताए । कामसँंगसँंगै सिक्ने पनि भएकोले यसलाई पढाई सुरु भएको रुपमा लिन उनले पास आउट विद्यार्थीलाई सुझाए ।

कलेजका एकेडेमिक कोअर्डिनेटर बाबुराम भटराई, एसोसिएट प्रोफेसरहरु सचिन श्रेष्ठ, प्रशाशन प्रमुख श्रीमा शर्मा, अजयकुमार लाल, अमित शाह, सुन्दर कुँंवर नयाँं प्रविधिसँंगै भिजेर विद्यार्थी अगाडि बढ्न सुझाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);