अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त

न्युयोर्क। यस वर्ष अमेरिकामा एक तिहाइभन्दा बढी मृत्युदण्ड अत्यधिक समस्याग्रस्त रहेको एक नयाँ रिपोर्टले देखाएको छ। मृत्युदण्ड सूचना केन्द्र (डीपी आईसी)ले २० मध्ये सातवटा मृत्युदण्डको प्रयासलाई समस्याग्रस्त वा अत्याधिक समय लागेको जनाएको हो ।

एउटा घटनामा अलाबामाका जल्लादहरूले आइभी लाइन तय गर्न तीन घण्टा लगाए, जसलाई अमेरिकी इतिहासमा सबैभन्दा लामो घातक सुई मानिएको छ।

वर्षभरी ६ राज्यमा कुल १८ जनालाई मृत्युदण्ड दिइएको थियो । जुन हालैका वर्षहरूमा सबैभन्दा कम संख्या हो। ‘सबै सूचकहरूले मृत्युदण्डमा निरन्तर गिरावट आएको संकेत गर्दछ’, डीपीआइसीका कार्यकारी निर्देशक रोबर्ट डनहमले भने।

चार राज्यहरू इडाहो, ओहायो, टेनेसी र दक्षिण क्यारोलिनाका अधिकारीहरूले फाँसीको प्रोटोकलहरू पूरा गर्न नसकेपछि मृत्युदण्डलाई रोकिनुपरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);