काठमाडौं, २ पुस । आज (शनिबार) प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य बाँकी भू–भागमा भने मौसम सफा रहनेछ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
आज राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ भने बाँकी अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।
विभागको अनुसार प्रदेश १ र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको उच्च पहाडी भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।




