पुसमा किन्डर ओलम्पिक हुने | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८१, बुधवार

पुसमा किन्डर ओलम्पिक हुने

काठमाडौं, २९ मंसिर । आगामी पुसमा काठमाडौंको दशरथ रंगशालामा ‘१० औं किन्डर ओलम्पिक २०७९’ खेलकुदको आयोजना हुने भएको छ ।

अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियसन (एकता) को आयोजनामा खेलकुद २ पुसदेखि ९ सम्म हुने भएको हो । प्रतियोगितामा काठमाडौं, ललितपुर र भक्तपुरका ३२ विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ ।

प्रतियोगितामा ६ वटा इभेन्ट्सहरु समावेश गरिएको छ । एकताका सदीय विद्या श्रेष्ठका अनुसार नर्सरी, युकेजी, एलकेजीका साढे २ वर्ष देखि साढे ५ वर्षसम्मका साना खेलाडीले भाग लिने छन् ।

प्रतियोगितामा झन्डै १४ सय साना खेलाडी समावेश हुने जानकारी गराइएको छ । प्रतियोगिता सन् २०१२ देखि आयोजना हुँदै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);